तपाईँ सुन्दै हुनुहुन्छः

आज नेपाली बजारमा सुनचाँदीको मूल्य यस्तो छ

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ। आज मंगलबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो साताको पहिलो दिन आइतबार ५ सय रुपैयाँले घटेको सुन सोमबार र मंगलबार भने स्थिर रहेको हो।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button