तपाईँ सुन्दै हुनुहुन्छः

कुन बैंकले कति लाभांश दिन सक्छन ? (विवरण)

काठमाडौं । गत आर्थिक वर्ष २०७५/०७६ को नाफाको आधारमा सबैभन्दा धेरै लाभांश सरकारी स्वामित्व रहेको राष्ट्रिय बाणिज्य बैंकले दिन सक्ने देखिएको छ । बैंकको प्रतिवेदनमा ३ अर्ब ६१ करोड ७३ लाख रुपैयाँ वितरण गर्न सक्ने नाफा रहेको देखाएइको छ । यो बैंकले ५ अर्ब भन्दा बढी खुद नाफा गरेको हो ।

सरकारकै स्वामित्व रहेको अर्को बैंक नेपाल बैंक सो क्रमको दास्रो नम्बरमा छ । उसले सेयरधनीलाई लाभांश दिने क्षमता अन्य बैंकको भन्दा बढी छ । उसको विवरणलाई आधार मान्दा नेपाल बैंकसँग ३ अर्ब ४५ करोड रुपैयाँ लाभांश बाँड्न सक्ने क्षमता छ ।

तेस्रोमा बढी लाभांश दिने क्षमता कृषि विकास बैंकसँग देखिएको छ । कृषि विकास बैंकसँग गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई ३ अर्ब ३१ करोड १३ लाख रुपैयाँ लाभांश दिने क्षमता छ ।

 

बैंकहरुको लाभांश दिने निर्णय सम्बन्धित बैंकको सञ्चालक समितिको बैंठकले गर्नेछ । सो लाभांश प्रस्ताव राष्ट्र बैंकको र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै वितरण गर्न सकिनेछ । बैंकले खुद नाफा, रिजर्भ लगायत शीर्षकमा छुट्याएर बाँकी रहेको रकम मात्र लाभांशको रुपमा वितरण गर्नेछ ।

हेरौँ कुन बैंकको कति छ लाभांश दिने क्षमता ?

प्रतिक्रिया राख्नुहोस्

Back to top button