तपाईँ सुन्दै हुनुहुन्छः

‘पूर्वीय सभ्यता सबैभन्दा पूरानो र सभ्य’

भुषणकुमार पोखरेल । नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्विय सभ्यता सबैभन्दा पुरानो र सभ्य रहेको बताउनुभएको छ ।

माक्र्सवाद र एशियाली दर्शन अन्र्तराष्ट्रिय सम्मेलनको आज काठमाडौमा उद्घाटन गर्नुहुँदै नेता खनालले भौतिकवादी दर्शनको आधार पश्चिमी मात्र नभई पूर्विय दर्शन पनि रहेको बताउनुभयो ।

नेता खनालले मोरङको विराट र जनक राजाका बारेमा सँगै कपिलवस्तुको बारेमा अझ उत्खनन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा मालेका महासचिव सीपि मैनालीले पूर्विय सभ्यता अत्यन्त पुरानो र वैज्ञानिक रहेको भन्नहुदै यसलाई व्यवहारमा उतार्न नसकिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button