तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका निवृत्त मुख्य संगीत संयोजक परियारको निधन

काठमाडौं । वरिष्ठ संगीतकार एवं रेडियो नेपालका सेवा निवृत्त मुख्य संगीत संयोजक कमल परियारको ६२ वर्षको उमेरमा निधन भएको छ ।

फोक्सोसम्बन्धी रोगबाट ग्रस्त परियारको काठमाडौंमा आज निधन भएको हो ।

२०७२ सालमा रेडियो नेपालबाट सेवा निवृत हुनुभएका परियारले विभिन्न विधाका ३ सयभन्दा बढी गीतमा संगीत भर्नु भएको छ ।

उहाँका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button