तपाईँ सुन्दै हुनुहुन्छः

सात सय हेक्टर जमिनमा अलैंची खेती बिस्तार

पर्वत । पर्वतमा गत वर्ष सात सय हेक्टर जमिनमा अलैंची खेती बिस्तार भएको छ ।

कृषि ज्ञान केन्द्रले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यक्रम अन्तरगत अलैँची खेती बिस्तार गरेपछि अलैँची खेती विस्तार भएको हो ।

गतवर्ष भोक्सिङ, देउपुर, राम्जातिलाहार, शंकरपोखरी, नाग्लीवाङ लगायतका स्थानमा अलैँची खेती बिस्तार भएको कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक रामकृष्ण अर्यालले जानकारी दिनुभयो ।

अलैँची खेतीमा बढि मिहेनत गर्न नपर्ने र बिक्रीबाट हातहातै रकम पाईने भएपछि यस तर्फ किसानहरुको आकर्षण बढेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button