तपाईँ सुन्दै हुनुहुन्छः

शेयर बजार सोमबार बढ्यो

काठमाडौं । गत चार दिनदेखि लगातार घटेको शेयर बजार सोमबार बढेको छ । नेपाल स्टक एक्सचेन्जको कारोबार मापक परिसूचक ७.२३ अंकले बढेर सोमवार १२२२.०६ अंकमा उक्लिएको छ ।

गत चार कारोबार दिनमा सूचक १९.०१ अंकले घटेको थियो । सोमवार कारोबार मापक सूचक सँगै कारोबार रकम समेत बढेको छ ।

सोमबार १७५ कम्पनीको १४ लाख ७७ हजार कित्ता शेयर ३८ करोड ९६ लाख रुपैयाँमा कारोबार भयो । सोमवार सबै भन्दा बढी कारेवार सिदार्थ बैकको भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button