तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल पहिलो खेलमा नै पराजित

काठमाडौं । एसियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा नेपाल पहिलो खेलमा नै पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल कीर्गिस्तानसँग तीन शुन्यको सोझो सेटमा पराजित भयो ।

लगनखेल स्थित आर्मीको प्रशिक्षण केन्द्रमा भएको खेलमा नेपाल कीर्गिस्तानसँग तीन शुन्यको सोझो सेटमा पराजित भयो । उपाधिको बलियो दावेदार कीर्गिस्तानले नेपालमाथि सुरुवात देखि नै दबाव बनाएको थियो ।

नेपाली टिमले पहिलो सेटमा खासै राम्रो खेल्न सकेन । जसका कारण नेपालले पहिलो सेट २३–२५ ले गुमाउन पुग्यो । दोस्रो सेटमा पनि नेपाल २२–२५ ले पराजित हुन पुग्यो ।

नेपालको खेल हेर्न पुरै कोर्ट भरिभराउ रहेको थियो । दोस्रो सेटमा पनि नेपालको स्पाइक र सिरीभमा समस्या देखिएको थियो ।

पछिल्लो पटक कीर्गिस्तान विरुद्ध जित निकाल्न नसकेको नेपाल तेस्रो सेटमा भने पुरै दबावमा देखियो । जसका कारण एक समय नेपाल १७–२२ ले पछि परेको थियो ।

त्यसपछि नेपालले दुई अंक जोड्दै १९–२२ मा पुर्याएको थियो । तर, अन्तिममा कीर्गिस्तानले २५–२२ ले जित्न सफल भयो । यो जितसँगै कीर्गिस्तान एक खेल अगाडी नै सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपाल रहेको समूह ‘ए’ मा तीन टोली मात्रै रहेकाले हारपछि पनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहेको छ । त्यसका लागि नेपालले बुधबार माल्दिभ्सलाई पराजित गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button