तपाईँ सुन्दै हुनुहुन्छः

उच्च अदालत पोखराका न्यायाधीशद्वारा राजीनामा

काठमाडौँ । क्षेत्राधिकार मिचेर फैसला गरेको भन्दै कारबाहीको सिफारिसमा परेका उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्विकृत भइसकेको न्याय परिषद्का सुचना अधिकारी टेकनाथ गौतमले जानकारी दिए ।

गोर्खा ब्रुअरीको मुद्दामा क्षेत्राधिकार मिचेर फैसला गरेको भन्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलाशले अधिकारीसहित ३ जना न्यायधीशलाई कारवाही गर्ने आदेश सुनाएको थियो ।

कर कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई दुई वर्षको जर्ती वापतको कर ८८ करोड तिर्न पत्राचार गरेपछि गोर्खा ब्रुअरी नियम विपरित उच्च अदालत पोखरामा रिट दायर गरेको थियो ।

उच्च अदालत पोखराले गत असार ११ गते न्यायधीशद्वय जिवनहरि अधिकारी र नरबहादुर शाहीको सयुक्त इजलाशले अन्तरिम आदेश जारी गर्दै कर निर्धारण नगर्न फैसला सुनाएका थिए ।

न्यायधीशले क्षेत्राधिकार मिचेर गम्भिर त्रुटी गरेको ठहर गर्दै पोखराको फैसला कार्यान्वय नगर्न सर्वोच्चले आदेश जारी गरेको थियो । उनीहरुमाथि छानविन गर्न सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वमा छानविन समिति समेत गठन भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button