तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा आर्थिक उन्नतीको युग सुरु भएको छ: प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने बताउनुभएको छ । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाई नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको सोमबार उदघाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी भएसँगै नेपालको राजनीतिक संघर्षको युग सकिएर आर्थिक उन्नती र विकासको युग सुरु भएको बताउनुभयो ।
“अब हामी हाम्रो यात्रा आर्थिक उन्नती र विकासबाट सुरु गर्छौं । यसका लागि अन्तर्राष्ट्रिय जगतसँग पनि सहकार्य गर्छौं”, प्रधानमन्त्री ओलीले भन्नुभयो “यो सहकार्यका लागि कतिपय अमिल्दा कानुनहरु संशोधन गर्छौं ।”
प्रधानमन्त्री ओलीले नेपाल भौगोलिक रुपमा मात्र नभई विविध क्षेत्रमा विविधता भएको देश भएकोले यहाँ द्रुत विकासको सम्भावना रहेको बताउनुभयो । विश्वकै आकर्षक मध्येको एकसिंगे गैंडा नेपालमा मात्र पाइने प्रधानमन्त्री ओलीले स्मरण गराउनुभयो । “यो राइनो हैन गैंडा हो गैंडा” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसको मौलिक नाम नबिगारौं । यो राइनो होइन ।

प्रधानमन्त्रीले नेपालमा विश्वको अग्लो हिमाल सगरमाथा मात्र होइन विश्वका अग्ला हिमालमध्ये धेरै वटा नेपालमै रहेको प्रष्ट्याउनुभयो । नेपाललाई विश्व मै सुन्दर देश भनिने गरकोे तर यसले मात्र नेपालको परिचय अपुरो हुने प्रधानमन्त्री ओलीको भनाई छ । “नेपाल सुन्दर मात्र होइन, प्राकृतिक स्रोतले पनि भरिपूर्ण देश हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “यिनै स्रोतको उपयोग गरेर नेपालको विकासलाई तिव्रगतिमा अघि बढाउनु पर्दछ ।”
प्राकृतिक सम्पदा, हिमाल र जंगली जनावर हेर्न बर्षेनी लाखौं पर्यटन आउने भएकोले नेपालको ‘कनेक्टिभिटी’ विश्वभरी हुनुपर्र्नेे प्रधानमन्त्री ओलीको धारणा छ । “हामी नेपाललाई सुरक्षित गन्तव्यका रुपमा पहिचान गराउन चाहन्छौं । यसका लागि हाम्रो नीति र प्रयासहरु केन्द्रित हुनेछन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button