तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटको बारेकोटमा पहिरोले २७ घर जोखिममा

जाजरकोट। जाजरकोटको बारेकोट गाउँपालिका ५, तोल्खानागाउँमा २७ घर पहिरोको उच्च जोखिममा परेका छन् । लगातारको बर्षापछि पहिरो जाँदा तोल्खाना र कालाखोलीका घरहरु जोखिममा परेको स्थानीय रतनबहादुर नेपालीले जानकारी दिनुभयो ।
पहिरोबाट स्थानीय नविन नेपाली, रोजेश नेपाली, रुद्रबहादुर शाह, चित्रबहादुर शाह, हिरा नेपाली, ऐनबहादुर नेपाली, दत्तबहादुर नेपाली, रतन नेपाली लगायतका घर उच्च जोखिममा परेका छन् । अधिकांश घर पहिरोले पुरेको छ । मान्छेहरु सुरक्षित स्थानमा गइसकेका छन् । गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले भारी बर्षा भइरहेकोले पहिरोबाट मानवीय क्षत्ति नहोस् भनेर स्थानीयहरुलाई सुरक्षित स्थानमा बस्न अनुरोध गर्नुभएको छ । पहिरो जानेक्रम पनि बढेको छ । पहिरोले मकै बालीमा समेत ठुलो क्षत्ति पुर्याएको अध्यक्ष शाहले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button