तपाईँ सुन्दै हुनुहुन्छः

ला लिगामा एट्लेटिको मड्रिडको विजयी सुरुवात

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले विजयी सुरुवात गरेको छ । आईतबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई १–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा जित निकाल्ने क्रममा एट्लेटिको मड्रिडका लागि अल्भारो मोराटाले विजयी गोल गरेका थिए ।

२३ औ मिनेटमा मोराटाले गोल गर्दै एट्लेटिको मड्रिडलाई खेलमा विजयी गराएका हुन् ।

जर्ज मोलिना ३८ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली गेटाफे १० खेलाडीमा सिमिति बनेको थियो ।

४२ औ मिनेटमा रिनन लोनी दोहरो पहेलो कार्ड खादै मैदान छाडेपछि एट्लेटिको समेत १० खेलाडीमा झरेको थियो । उनले एक मिनेटको अन्तरमा दुई पहेलो कार्ड खाएका थिए ।

५६ औ मिनेटमा एट्लेटिकोले पेनाल्टीको अवसर पाएको थियो । तर मोराटा पेनाल्टीमा चुकेपछि एट्लेटिकोले अग्रता दोब्बर पार्ने मौका गुमाएको थियो ।

जितपछि एट्लेटिको लिगमा स्पष्ट ३ अंक जोडेको छ ।

आईतबार रातिनै भएका अन्य खेलमा रियल भालाडोलिडले रियल बेटिसलाई २–१ ले हरायो । सेभिल्लाले स्प्यानियोललाई २–० र डिपोर्टिभो आल्भेसले लेभान्तेलाई १–० ले पराजित गर्यो । एजेन्सी

प्रतिक्रिया राख्नुहोस्

Back to top button