तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय वाणिज्य बैंकमा आगलागी

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकमा आगलागी भएको छ। भरतपुरको चौबीसकोठीमा रहेको बैंकको शाखामा विद्युत सर्ट भएर आगलागी भएको हो।

बिहान ७ः३० बजे लागेको आगो भरतपुर महानगरपालिकाका दुई वटा वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले एक घण्टा लगाएर नियन्त्रणमा लिए। बैंकमा जडान गरिएको विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुसन्धानले देखाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माका अनुसार आगलागीबाट दुई वटा कोठा जलेका छन्।आगलागीबाट सीसी क्यामेरा, फर्निचर, कागजात जलेका छन्। पैसा राख्ने सेफ भने सुरक्षित रहेको छ।

बिहानको समयमा आगलागी भएका कारण धेरै क्षति हुन नपाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button