तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आइतबार सामान्य गिरावट भएको छ ।

शनिबार प्रतितोला ७१ हजार ५०० मा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार प्रतितोला ५०० रुपैयाले घटेर ७१ हजार कायम भै कारेबार भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आइतबार चाँदीको मूल्य पनि केही घटेको छ । शनिबार प्रतितोला ८४० मा कारोबार भएको चाँदीको मूल्य घटेर प्रतितोला ८३० रुपैयामा कारोबार भएको महासङ्घले जनाएको छ ।

साउन महीनामा मात्रै सुनको मूल्य प्रतितोला छ हजारसम्मले बढेर अहिलेसम्मकै उच्च प्रतितोला ७१ हजार ५०० सम्ममा किनबेच भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button