तपाईँ सुन्दै हुनुहुन्छः

प्यान लिनेहरुको संख्या उल्लेख्य रुपमा वृद्धि

भुवनप्रसाद आचार्य । सरकारले तलव बुझने र पारिश्रमिक लिनेहरुका लागि साउन १ गतेदेखि स्थायी लेखा नम्वर प्यान अनिवार्य लिनु पर्ने व्यवस्था गरेसंगै साउनमा स्थायी लेखा नम्वर प्यान लिनेहरुको संख्या देशभर उल्लेख्य रुपमा वृद्धि भएको छ ।

साउन मसान्तसम्ममा मात्र २ लाख ५४ हजार ४ सय ४५ जनाले व्यक्तिगत स्थायी लेखा नम्वर लिएका छन ।

आन्तरिक राजस्व विभागले जेठ १५ गतेदेखि स्थायी लेखा नम्वर प्यान अनिवार्य लिनु पर्ने व्यवथा गरेको थियो । यस अवधीमा व्यक्तिगत प्यान नम्वर लिनेहरुको संख्या ३ लाख ५० हजार पुगेको छ ।

साउन मसान्तसम्म प्यान नम्वर लिने व्यक्तिगत संख्या १२ लाख ४८ हजार पुगेको छ भने व्यवसायिक प्यान नम्वर लिनेहरुको संख्या १२ लाख भन्दा बढी भएको छ । साउनमा औषतमा दैनिक १० हजारले स्थायी लेखा नम्वर लिएका छन् ।

शुरुदेखि साउन मसान्तसम्ममा समग्रमा २५ लाखको संख्यामा स्थायी लेखा नम्बर प्यान वितरण भएको आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तथा प्रवक्ता यज्ञप्रसाद ढुङ्गेलले जानकारी दिनु भयो ।

आय गर्ने सबै जनता र सबै व्यवसाय स्थायी लेखा नम्वरमा आवद्ध भएपछि सबै कर तिर्नेहरुको विवरण कर कार्यालयमा हुने र कारोबार समेत पारदर्शि भै मुलुकको अर्थतन्त्रलाई सही बाटोमा हिडाउन र अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन समेत मद्दत पुग्ने विश्वास विभागले गरेको प्रवक्ता ढुङ्गेलले बताउनु भयो ।

विभागले छिटटै नेपालका बासिन्दा र गैर बासिन्दा भनेर छुट्टयाउने र कुन कुन देशका काति नागरिकले नेपालमा स्थायी लेखा नम्वर लिएका छन भन्ने छुटटीने गरी आवश्यक व्यवस्था गर्न लागेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button