चितवन-भरतपुर महानगरपालिका वडा नम्बर २९ जुगेडी पुल नजिक ट्रक खस्दा ट्रकका चालक सहित तीन जना घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मुग्लिङ्गबाट नारायणगढ तर्फ आउंँदै गरेको ना ६ ख ६५०५ नम्बरको दाना बोकेको ट्रक जुगेडी पुलनजिक अनियन्त्रित भई १५ मिटर तल खसेको हो ।
आज राती सवा ९ बजे भएको सो दुर्घटनामा परेर चालक सहित तीन जना घाईते भएका छन । घाईतेमध्ये १ जनाको अबस्था गम्भिर भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारको लागि भरतपुर पठाईएको छ ।