तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपुरमा निलबाराही ,महाकाली र भैरब नाच सुरु

भक्तपुर-भक्तपुर जिल्लाको मध्यपुर थिमिमा गए रातिदेखि एक साथ निलबाराही नाच,महाकाली नाच र भैरब नाच सुरु भएको छ । हरेक बर्ष गाईजात्राको भोली पल्ट मध्यपुर थिमी नगरपालिकाको बोडेमा निलबाराही नाच,नगदेशमा महाकाली नाच र लायकुमा भैरब नाच देखाईने गरिन्छ ।

मल्लकालीन समयमा मध्यपुर थिमिमा भूतप्रेत र पिशाच लगायत दानवरूपी आत्माले दुःख कष्ट दिएपछि गाईजात्राको भाली पल्ट देखि चार रात विभिन्न नाच गर्दै उनीहरुको कष्टबाट छुटकारा पाउन नाचको थालनी गरिएको स्थानीयको बिश्वास रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button