तपाईँ सुन्दै हुनुहुन्छः

कानुन बनिसके अव विकासको पालो : मन्त्री बास्कोटा

पर्वत-सूचना तथा सञ्चार प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको काम यो वर्षबाट दु्रत गतिमा अगाडी बढ्ने बताउनुभएको छ । पर्वतको कुश्मामा पत्रकार संगको साक्षात्कारमा बोल्दै बाँस्कोटाले त्यस्तो बताउनुभएको हो ।

सरकारले अघिल्लो वर्ष कानुन निर्माण गरिसकेको भन्दै यो वर्ष विकासको वर्ष हुने स्पष्ट पार्नुभयो । सञ्चारमन्त्री बाँस्कोटाले गतवर्ष सम्म कानुन नहुँदा सम्म संक्रमणकाल रहेको र अहिले कानुन निर्माण गरेर सकिए संगै संक्रमण काल व्यवहारिक रुपमा सकिएको बताउनुभयो । मन्त्री बास्कोटाले लोकतन्त्रलाई संस्थागत गर्न डेढ वर्ष बितेको स्मरण गर्दै अहिले कानुन बनेपछि लोकतन्त्र र संघीयता दिगो भएको उल्लेख गर्नुभयो ।

सरकारले सम्बृद्धिको जग बसालेको र संबिधान र गणतन्त्रको जग बलियो गरि बसालेको भन्दै पाँच बर्षमा यसका परिणाम देखिने स्पष्ट पार्नुभयो । सरकारले अहिले जग बसालेर छाड्ने र पछिल्लो पिंढीले त्यसका आधारमा सम्बृद्ध नेपाल बनाउने उहाँको भनाई थियो । सम्बृद्ध नेपाल र सुखी नेपालीका नारा सरकारको मात्रै नभई सिंगो मुलुकको कार्यक्रमको रुपमा स्थापित भैसकेको उहाँको भनाई थियो ।

अर्को एक प्रसंगमा बोल्दै मन्त्री गोकूल बास्कोटाले गलत समाचार लेखेर ब्यक्तिको चरित्र हत्या भएको प्रमाणित भएमा पत्रकारले क्षतिपुर्ती तिर्नु पर्ने गरी कानुन आउने बताउनुभयो । बास्कोटाले जवाफदेहिता सहितको पत्रकारितालाई स्थापित गर्न पनि गल्ती नगरेको ब्यक्तिलाई अपराधी बनाउने पत्रकारिताले अपराध ठहर नहुँदा क्षतिपूर्ति समेत भराउनपर्ने गरि कानुन आउने स्पष्ट पार्नुभयो ।

मन्त्री बास्कोटाले अवफाह फैलाउने गरी झुट्टा समाचार लेख्नेलाई कानून बमोजीम कारबाही र क्षतिपुर्ती भराउनका लागि अदालतबाट निर्णय हुने गरि कानुन बन्ने जानकारी दिनुभयो । मिडिया काउन्सिलबाट फैसला गर्ने भन्दा पनि अदालत पुग्ने वातावरण बनाएर कानुनमा संशोधन हुने पनि बास्कोटाले जानकारी दिनुभयो ।

उहाँले कारबाही गर्ने न्यायीक निकाय अदालतलाई तोकेर नयाँ कानून बन्न लागेको बताउँदै प्रेस काउन्सिल वा मिडिया काउन्सिलले भने पत्रकारलाई कारबाही गर्न सक्दैनन भन्नुभयो । पत्रकार महासंघ र प्रेस सम्बद्ध धेरै संस्थाले उठाएका मागहरु सम्बोधन भएपनि पत्रकार महासंघ बिग मिडिया हाउसको पक्षमा लागेका कारण समस्या भएको बताउनुभयो ।

ठुला मिडिया हाउसका सम्पादकहरुले नेपाली कांग्रेसको पक्षमा राजनिती गरिरहेको बताउँदै राजनिती गर्ने भए पार्टी कार्यलय खोलेर बस्न र पत्रकारिता गर्ने भए जिम्बेवार हुन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button