तपाईँ सुन्दै हुनुहुन्छः

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

काठमाडौं । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा आज निधन भएको छ ।

निमोनियाबाट पीडित अधिकारीको आफ्नै निवास काठमाडौंको डल्लुमा निधन भएको हो ।

लामो समयदेखि कलाकारितामा समर्पित स्वर्गीय अधिकारीले सयौं नाटक तथा चलचित्रमा अभिनय गर्नुभएको थियो ।

चलचित्र मनको बाँधबाट कलाकारिता शुरु गर्नुभएकी अधिकारीले चिनो, कन्यादान, बदलिँदो आकाश, भाउजु लगायतका चलचित्रमा अभिनय गनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button