२०७८ साल कार्तिक १ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको अबको यात्रा दिगो विकासः मन्त्री ज्ञवाली

रेडियो नेपाल २०७६ साउन ३२ गते १९:२९

टोपलाल अर्याल, गुल्मी । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले सरकारको अबको प्राथमिकता दिगो विकास भएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ गुल्मीले आज गुल्मीमा आयोजना गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले तोकिएकै समयमा गुणस्तरिय काम गर्ने व्यावसायीलाई पुरस्कृत र काम नगर्नेलाई दण्डको नीतिमार्फत सरकार कडाईका साथ प्रस्तुत हुने बताउनुभयो ।

उहाँले नेत्रविक्रम चन्द विप्लव समूहको नेकपासंग सरकार वार्ता र संवाद गर्न तयार रहे पनि विप्लव समुहले वार्तालाई आफ्नो शक्ति सञ्चय र कार्यकर्ता छुटाउने माध्यम बनाएको आरोप लगाउनुभयो ।

एक अर्को प्रसंगमा परराष्ट्रमन्त्री ज्ञवालीले सरकार प्रेस र अभिव्यक्ति स्वतन्त्रताका बिषयमा गम्भिर रहेको बताउनुभयो ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले आजै जिल्ला प्रशासन कार्यालयमा आफ्नो विवरण भरेर राष्ट्रिय परिचय पत्र वितरणको काम सुरु गर्नुभयो ।

सम्बन्धित