तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ सीप तालिम केन्द्र सञ्चालनमा

काठमाडौं । युवाहरुलाई स्वरोजगार बनाउने र बैदेशिक रोजगारीमा जाँदा समेत सहयोग गर्ने उद्देश्यले काठमाडौंको बसुन्धरामा नयाँ सीप तालिम केन्द्र ‘इन्टरस्काफ सेफ्टी ट्रेनिङ सोलुशन प्रालि’ सञ्चालनमा आएको छ ।

बेलायतको मान्यता प्राप्त सिर्जसको स्काफ फोल्डिङका विभिन्न लेभलका कोर्श उक्त ट्रेनिङ सेन्टरले प्रदान गर्ने जनाइएको छ ।

सिजर्सको प्रमाणपत्र अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त भएकोले त्यसको प्रमाणपत्र लिएपछि गल्फ लगायत अन्य मुलुकका बहुराष्ट्रीय कम्पनी, सरकारी निकायले विशेष प्राथमिकता दिने ट्रेनिङ सेन्टरका प्रमुख कार्यकारी अधिकृत पशुपति आचार्यले जानकारी दिनु भयो ।

ट्रेनिङ सेन्टरले विशेष गरी स्काफफोल्डिङ, रोप एक्सेस (स्पाइडर क्लिनिङ), फिक्सर, इन्सुलेटर, मेशन, वेल्डिङ, इलेक्ट्रिसियन,पेन्टिङ, प्लम्बिङ लगायत विषयमा तालिम दिने विज्ञप्ती मार्फत जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button