२०७९ साल जेठ ४ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

आवश्यक तयारी नपुगेको भन्दै नेकपा बैठक स्थगित

रेडियो नेपाल २०७६ साउन ३२ गते १५:२८

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतवारसम्मका लागि स्थगित भएको छ ।जनवर्गीय र भातृसंगठनहरूको भागवण्डा नटुंगिएपछि शनिबारका लागि बोलाइएको बैठक आवश्यक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो।

एकताको अन्तिम काम टुंग्याउन शनिबार ४ बजेका लागि सचिवालय बैठक डाकिएको थियो। तर तयारी नपुगेपछि बैठक भोलि मात्रै बस्ने टुंगो भएको पार्टीका महासचिव बिष्णु पौडेलले बताउनुभयको छ । भोलि बस्ने बैठकमा जनवर्गीय संगठनको इन्चार्ज तोक्ने तयारी छ। बैठकमा प्रदेश कमिटीस्तरीय विशेष कमिटी गठनको एजेण्डा रहेको स्रोतले जनाएको छ ।

सम्बन्धित