नेपालबाट भारतका विभिन्न शहरमा जाने १ सय ८५ चेलीको उद्दार
बारा । मुलुकको प्रमुख वीरगंज नाकाबाट भारतका विभिन्न शहरमा जागिर गर्न जाने एकसय ८५ जना चेलीलाई उद्दार गरेको माईती नेपालले जनाएको छ ।
गत आर्थिक वर्ष ०७५/०७६ मा नेपालबाट भारतको विभिन्न शहरमा विचौलिया मार्फत जागिर अथवा काम गर्न जाने एकसय ८५ जना नेपाली चेलीबेटीहरुलाई सीमाक्षेत्रबाट उद्दार गरिएको माईती नेपालका प्रमुख संगिता पुरीले बताउनुभयो ।
पहिला पहाडका चेलीबेटी भारत जाने सुचीमा थिए भने, अहिले तराईमुलका चेलीबेटी पनि भारत जान थालिएको भेटिएको हो ।
बारा र पर्सा जिल्लामा ५८ जना वालवालिका अलपत्र रहेको अवस्थाबाट उनीहरुको अभिभावकको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो ।
बारा, पर्साको महिला तथा बालबालिका सेवा केन्द्रमा ७५ जना चेलीबेटी हराएको निवेदन आएकोमा २८ जनालाई सिमाक्षेत्रबाट फेला पारिएको उहाँले बताउनुभयो ।
उनीहरु कामको शिलशिलामा भारतको कोलकत्ता र मुम्बई गईरहेको अवस्थाबाट नियन्त्रणमा लिई अभिभावकको जिम्मा लगाइएको प्रमुख पुरी जानकारी दिनभयो । नेपाली चेलीलाई भारतको पुर्वीचम्पारण जिल्ला स्थित रहेका बिभिन्न आरकेष्ट्रा, थ्रियेटर, रेष्टुरेन्ट र वियर एण्ड वारबाट उद्दार गरिएको छ ।
नाकामा तैनाथ रहेका हाम्रा परामर्शकर्ता कर्मचारीले ४३ वटा जिल्लाका २६ हजार २ सय ६० जनालाई सिमाक्षेत्रमा परामर्श दिएको तथा दिदीबहिनीलाई सोधपुछ गर्दा शंका लागेमा रोकिने गरेको उहाँले बताउनुभयो ।
त्यसैगरी भारतको बिभिन्न शहरबाट २८ जना बालबालिकालाई उद्दारगरि अभिभावकको जिम्मा लगाइएको छ । यो बर्ष मात्र मानव बेचबिखनमा संलग्न रहेका २ पुरुष र ३ जना महिलागरि ५ जना माथि मुद्दा दर्ता भइ कारवाहीका लागि थुनामा रहेका छन् ।
त्यसैगरि ८ जना रक्सौलबाट, ५ जना रामगढवाबाट, २ जना कोलकत्ताबाट, ३ जना मोतिहारीबाट, २ जना दिल्लीको कोठीबाट, ५ जना नाबालक सुगौलीबाट र सितामढी, सिकटा, राजस्थानबाट १÷१ जनालाई अलपत्र अवस्थामा रहेकोलाई उद्दार गरिएको माईती नेपालले जनाएको छ । त्यस्तै नेपालको सिमाक्षेत्रबाट ९ जना भारतीय चेली तथा ३ जना नाबालकलाई भारतमै पुगाइएको पुरीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्