तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय प्रशिक्षकमा पुन: शास्त्री

५७ वर्षका रवि शास्त्रीलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई)ले ०२१ सम्म प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। कपिल देवको नेतृत्वमा रहेको एडभाइजरी काउन्सीलले शुक्रबार प्रशिक्षकको घोषणा गरेको हो। मुख्य प्रशिक्षकमा शास्त्रीलाई निरन्तरता दिँदै स्किल्स, एक्सपेरियन्स, नलेज र टिमसँग कम्युनिकेशनलाई आधार उनी उतम व्यक्ति भएको जनाइएको छ।

 

शास्त्री अहिले पनि भारतीय टिमका प्रशिक्षक रहेका छन्। त्यसमा पनि उनको कप्तानसँगको सम्बन्ध निकै राम्रो रहेको र समग्र खेलाडीसँगको व्यवहारले गर्दा नै उनी दोहोरिने सभावना रहेको थियो। साथै उनलाई टिमको राम्रो र नराम्रो पक्ष पनि सबै जानकारी भएकाले उनलाई निरन्तरता दिएको जनाइएको छ। शास्त्री र वर्तमान कोचिङ स्टाफको कार्यकाल विश्वकपपछि समाप्त भएको थियो। तर, बोर्डले उनको अनुबन्धन ४५ दिन थपेको थियो। बोर्डले ३० जुलाईसम्म कोचिङ स्टाफका लागि आवेदन मागेको थियो। जसमा २ हजार जनाले आवेदन दिएका थिए। जसबाट ६ जनाको सर्ट लिस्ट गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button