तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाको सचिवालय बैठक ४ बस्ने

काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक आज शनिबार अपरान्ह चार बजे बस्दैछ । आजको बैठकमा जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्ज तोक्नेबारे छलफल हुने छ । महासचिव विष्णु पौडेलले तयार पारेको महिला, युवा, मजदुरफाँटको इन्चार्जबारे आजको बैठकमा छलफल हुनेछ ।

शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको संगठन विभागको नेतृत्व टुंगो लगाएको थियो । आजको बैठकमा अन्य थुप्रै मुद्दा भए पनि समय हेरेर छलफल अघि बढाउने योजनामा नेताहरु छन् । जनवर्गीय संगठनका इन्चार्जहरु तोकिएपछि लगभग एकता प्रकृया टुंगिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button