तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो खेलमा साविक विजेता वार्सिलोना पराजित

काठमाडौं । स्पेनिस लिगको नयाँ सिजनको पहिलो खेलमा साविक विजेता बार्सिलोनाले अप्रत्यासित हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा बार्सिलोना एथ्लेटिको बिल्बाओसँग १–० ले पराजित भएको हो । खेलको ८९ औ मिनेटमा घरेलु टोलीका लागि अरित्ज अडुरिजले विजयी गोल गरेका थिए ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले प्रहारमै गोल गरेका थिए । लुईस स्वारेज र राफिन्हाले बार्सिलोनका लागि राम्रो प्रर्दशन गरेका थिए ।

पिँडुलाको चोटका कारण लियोनल मेस्सी अनुपस्थित रहेको खेलमा फिलिप कौटिन्हो समेत मैदान उत्रिएनन् ।

उनी पछिल्लो समय जर्मन क्लब बार्यन म्युनिखमा लोनमा जादैछन् । स्वारेजले समेत पहिलो हाफको खेलमा चोट बोकेका थिए ।

ईर्नेस्टो भाल्भर्डेको टिम लगातार तेस्रो पटक स्पेनिस लिगको उपाधि उचाल्ने लक्ष्य सहित मैदान उत्रिएको थियो ।

तर लिगको पहिलो खेलमा बार्साले अप्रत्यासित हार ब्यहोर्न बाध्य भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button