तपाईँ सुन्दै हुनुहुन्छः

संघीय निजामती ऐन चाँडै आउँछः मन्त्री पण्डित

रोशन तिवारी, पर्वत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय निजामती ऐन चाँडै आउने बताउनुभएको छ ।

पर्वतको कुश्मामा आज प्रेस संगठन पर्वतले आयोजना गरेको पत्रकार सम्मेलनमा पण्डितले ऐन निर्माणको काम अन्तिम चरणमा रहेको र केही हप्तामा आउने बताउनुभयो ।

ठगी गर्ने कर्मचारीलाई उम्किन नपाउने गरी संघीय निजामती ऐन ल्याउन लागेको जानकारी दिँदै मन्त्री पण्डितले उमेर हद र सेवा सुविधा बढाएर ल्याउने तयारी भइरहेको बताउनुभयो ।

उहाँले कर्मचारी समायोजनको काम सकिएकाले अब पदस्थापनको केही प्रतिशत काम मात्रै रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button