खगेन्द्र भण्डारी, काभे्र । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले करको दरमा अबको केही वर्ष हेरफेर गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
काभे्रको धुलिखेलमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले देशका सबै स्थानीय तहहरुले लगाउँदै आएको करमा पनि तत्काल हेरफेर नगर्न सुझाव दिनुभयो ।
करलाई सही रुपमा सदुपयोग गरिएमात्र यसबाट जनताले राहत महसुस गर्ने अर्थमन्त्री खतिवडाको भनाई थियो ।