कश्मीरमा भारतसँगको गोली हानाहानमा यी पाकिस्तानी सैनिकको मृत्यु
एजेन्सी । कस्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भारतसँग भएको गोली हानहानमा एक जना पाकिस्तानी सैनिक मारिएका छन् ।
पाकिस्तानी सेनाका प्रवक्ता असिफ गफुरले शुक्रबार बिहान ट्वीट गर्दै आफ्ना सिपाही मोहम्मद सिरजले गोली हानाहानामा ज्यान गुमाएको उल्लेख गरेका हुन् ।
भारतले गत अगस्ट ५ मा जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको धारा ३७० खारेज गरेपछि दुई देशबीच तनाव चुलिएको छ ।
पाकिस्तानी सेनाले त्यसपछि भएका गोली हानाहानमा परी अहिलेसम्म आफ्ना ४ सैनिक मरिएको बताएको छ ।
त्यस्तै भारतीय सेनाका पाँच जना मरेको पाकिस्तानी सेनाको दाबी छ ।
भारतले भने पाकिस्तानी सेनाको उक्त दाबीलाई अस्वीकार गरिदिएको छ ।
प्रतिक्रिया राख्नुहोस्