तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि स्पेनिस ला लिगा सुरु हुँदै

काठमाडौं । आजदेखि स्पेनिस ला लिगा सुरु हुँदैछ । जसअन्र्तगत पहिलो दिन आज डिफेन्डिङ च्याम्पियन बार्सिलोना र एथ्लेटिक क्लब आमने सामने हुँदैछन् । यो खेल नेपाली समय अनुसार राति पौने एक बजे हुनेछ ।

बिल्बाओले यो समरमा एक जना पनि नयाँ खेलाडी किनेको छैन । बरु उसले आफ्नै एकेडेमीबाट खेलाडीलाई पहिलो टिममा बढुवा गराएको छ । एथ्लेटिक विल्बाओको मैदानमा हुने खेलमा मेस्सी नखेल्ने सम्भावना छ । यता बार्सिलोनाले भने विश्व फुटबलका उत्कृष्ट खेलाडीलाई अनुबन्ध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button