तपाईँ सुन्दै हुनुहुन्छः

कुन बैंकको कति नाफा( हेर्नुहोस सूची)

काठमाडौँ ३० साउन । गएको आर्थिक वर्षमा २६ वटा वाणिज्य बैंकले ६१ अर्ब २ करोड रुपैयाँ नाफा गरेका छन् । बैैंकहरूले गएको आवमा गरेको नाफा अघिल्लो आव २०७४/७५ को भन्दा २६.९६ प्रतिशतले बढी हो । बैंकहरूले अघिल्लो आवमा ४८ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएका थिए ।

बैंकहरूले साउन ३० गतेसम्म प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो तथ्यांक देखाएको हो । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये सेन्चुरीको नाफा मात्रै अर्बभन्दा कम छ । अन्य बैंक सबै अर्बपति क्लबमा प्रवेश गरेका छन् । २८ बाणिज्य बैंक मध्ये एनआईसी एशिया र सिभिल बैंकले मात्र चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न बाँकी छ ।

बैंकहरूको चुक्ता पुँजी बढेसँगै व्यवसायमा गरेको कर्जा प्रभाव वृद्धिका कारण नाफा बढेको हो । मुलुकमा स्थायी सरकार स्थापना भएपछि बैंकबाट कर्जा लिएर भौतिक पूर्वाधार निर्मााणलगायत व्यापार व्यवसाय गर्नेको संख्या पनि थपिदै भएको छ ।

गएको आवमा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । बैंकले गएको आवमा ५ अर्ब ३२ करोड नाफा कमाएर देशकै अग्रणी बैंक बनेको छ । अघिल्लो वर्ष उक्त बैंकले ३ अर्ब ६१ करोड नाफा कमाएको थियो ।

निजी बैंकतर्फ नविल बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । बैंकले गएको आवमा ४ अर्ब २९ करोड नाफा कमाएर बढी नाफा कमाउने बैंकको दोस्रो स्थानमा रहेको छ ।

बढी नाफा कमाउने बैंकको तेस्रो सूचीमा कृषि विकास बैंक परेको छ भने अर्को सरकारी स्वामित्वको नेपाल बैंकले निजी बैंक सहर है नाफा आर्जन गरेको छ । गत आवमा कृषि विकास बैंकले चार अर्ब ३५ करोड नाफा कमाएको हो । बैकले अघिल्लो आवमा तीन अर्ब ६५ करोड नाफा कमाएको थियो ।

त्यसरी नै नेपाल इन्भेष्टमेन्ट र एभरेष्ट बैंकको नाफा ३ अर्बभन्दा बढी छ भने १० वटा वाणिज्य बैंकले २ अर्बभन्दा माथि र तीन अर्बभन्दा कम नाफा गरेका छन् । अन्य १० वाणिज्य बैंकको नाफा भने एक अर्बभन्दा माथि र दुई अर्बभन्दा कम रहेको छ ।

गत आर्थिक वर्षमा २६ वाणिज्य बैंकले गरेका नाफा यस्तो छः

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button