तपाईँ सुन्दै हुनुहुन्छः

यूईएफ वर्ष खेलाडीको अवार्ड कस्ले जित्ला ?

काठमाडौं । युईएफएले वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयन सार्वजनिक गरेको छ । यूईएफले सार्वजनिक गरेको अन्तिम तीन खेलाडीको सूचीमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी, युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र लिभरपुलका स्टार खेलाडी भर्जिल भान जिक परेका छन् । त्यस्तै च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेका लिभरपुलका मोहम्मद सलाहा र साडियो माने, पूर्व आयाक्सका म्याथ्युज डी लिग्ट र डीयोङले अन्तिम तीनमा स्थान बनाउन सकेनन् ।

यूईएफएले अब तीन खेलाडीबाट एक खेलाडीलाई अगष्ट २९ मा यो अवार्ड प्रदान गर्नेछ । जसमा मेस्सी र रोनाल्डोको भन्दा धेरै सम्भावना भर्जिलको देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । किनभने भर्जिलको यो सिजन मेस्सी र रोनाल्डो भन्दा धेरै राम्रो गुज्रेको छ ।

१. रोनाल्डो

युभेन्ट्सका तथा पोचुर्गलका स्टार खेलाडी रोनाल्डो अघिल्लो सिजन मात्र स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्ट्समा गएका थिए । रोनाल्डोले सोचेजस्तो सिजन भने युभेन्ट्समा बितेन । यद्दपि रोनाल्डोले क्लबलाई घरेलु लिग सिरी एको उपाधि दिलाउन भने सफल भए । रोनाल्डोको युभेन्ट्स क्वाटरफाइनलमा नेदरल्याण्डको क्लब आयाक्ससँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरियो ।
रोनाल्डोेले युभेन्ट्सका लागि सम्पूर्ण खाले प्रतियोगितामा गरेर २८ गोल गर्न सफल भए । सिरी ए मा रोनाल्डोको यात्रा सफल भए पनि च्याम्पियन्स लिगमा भने त्यति मजबुत भएन । रोनाल्डोले पहिलो सिजन नै अर्काे क्लबमा गएर भने उत्कृष्ट प्रदर्शन गरेको नै मान्नु पर्छ । सबै खेलाडीलाई पहिलो पटक एक क्लबबाट अर्काे क्लबमा जाँदा खेलको तालमेल मिलाउन मात्र धेरै समय लाग्ने गर्दछ । त्यस्तै रोनाल्डोको पनि पहिलो सिजन राम्रो भएन । रोनाल्डोले यो सिजन गरेको प्रदर्शनका आधारमा भन्ने हो भने उनको सम्भावना पनि धरै देखिन्छ ।

त्यसो त २००९ बाट सुरु भएको यो अवार्डमा रोनाल्डोले तीन पटक राज गरिसकेका छन् । उनी यो अवार्ड तीन पटक जित्न सफल एक मात्र खेलाडी हुन् । यो सिजन पनि रोनाल्डोलाई मुख्य दावेदारको रुपमा लिएको छ ।

२. लियोनल मेस्सी

बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको यो सिजन त्यति राम्रो रहेन । बार्सिलोनालाई घरेलु लिग ला लिगाको उपाधि दिलाउन सफल भएका मेस्सीले च्याम्पियन्स लिगको उपाधि दिलाउन सकेनन् । बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा लिभरपुलसँग पराजित भयो । मेस्सीले भने बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन्स लिगमा सर्वा्धिक गोल गर्दै च्याम्पियन्स लिगको गोल्डेन ग्लोबको अवार्ड भने जित्न सफल भए ।

युईएफएको गोल अफ दि ईयर जितेका मेस्सीले गत सिजन बार्सिलोनाबाट सम्पूर्ण खाले प्रतियोगितामा गरि ५१ गोल गरेका थिए । मेस्सीका लागि अघिल्लो सिजन भन्दा यो सिजन च्याम्पियन्स लिगमा राम्रो सिजन बितेको छ । बार्सिलोना अघिल्लो सिजन रोमाद्वारा क्वाटरफाइनलबाट बाहिरिएको थियो ।

यो सिजन मेस्सीले गरेको प्रदर्शनका आधारमा उनले यो अवार्ड जित्ने सम्भावित खेलाडीको रुपमा हेरिएको छ । मेस्सीले यो सिजन गोल्डेन बुट पनि जितेका छन् । ला लिगामा सर्वा्धिक ३६ गोल गर्दै मेस्सीले गोल्डेन बुट आफ्नो बनाउन सफल भएका थिए । मेस्सी च्याम्पियन्स लिगको सर्वा्धिक ‘प्लेअर अफ दी विक’ पनि हुन् । मेस्सीको च्याम्पियन्स लिगको यो सिजन लिग चरणका खेल देखि सेमिफाइनल सम्म उत्कृष्ट रहन गएको थियो । मेस्सीले यसअघि एक पटक वर्ष खेलाडीको अवार्ड पनि जिति सकेका छन् ।

३. भर्जिल भान जिक

लिभरपुलका डिफेन्डर भर्जिल भान जिकको यो सिजन च्याम्पिन्स लिगको यात्रा सफल रहन गयो । भर्जिलले च्याम्पियन्स लिगमा लिभरपुलाई उपाधि दिलाउन पनि सफल भए । उता घरेलु लिगमा पनि उनले लिभरपुललाई दोस्रो स्थानमा राख्न सफल भए । यद्दपि लिभरपुलले एक अंक कमि रहँदै लिगको अन्त्य ग¥यो । भर्जिलले नेदरल्याण्डलाई नेसन्स लिगको फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेले ।

डिफेन्डरको भूमिकामा खेल्ने भर्जिलले प्रिमियर लिगमा दुई गोल पनि गरेका छन् । भर्जिल अन्य डिफेन्डर भन्दा धेरै फरक छन् । उसोत उनी विश्वकै दोस्रो महंगो डिफेन्डरको रुपमा पर्दछन् । उनी भन्दाअघि म्यान्चेस्टर युनाइटेडका ह्यारी मगुरे पर्दछन् । सम्रमा हेर्ने हो भने रोनाल्डो र मेस्सी भन्दा भर्जिलको यो सिजन उत्कृष्ट बितेको छ । भर्जिल च्याम्पियन्स लिग र प्रिमियर लिगको ‘प्लेअर अफ दी विक’ मा पनि धेरै पटक परि सकेका छन् ।

भर्जिललाई यो सिजन बालोन डी’ओर विजेताको दावेदारको रुपमा पनि लिइन्छ । भर्जिलले युईएफए वर्ष खेलाडीको अवार्ड भने आज सम्म जित्न सकेका छैनन् । उनले यो अवार्ड जितेमा भने उनको करिअरकै सबै भन्दा ठूलो अवार्डको रुपमा मानिनेछ । भर्जिल प्रिमियर लिगको प्लेअर अफ दी सिजनको अवार्ड पनि पाई सकेका छन् । समग्रमा हेर्दा भर्जिलको यो सिजन अवार्ड जित्ने सम्भावना निकै देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button