तपाईँ सुन्दै हुनुहुन्छः

महेशपुर भन्सारबाट १३ करोड राजश्व संकलन

नवलपरासी । पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५–७६ मा कूल १२ करोड ९६ लाख २४ हजार ५ सय १९ रुपैया मात्र राजश्व सङ्कलन गरेको छ ।

सो आर्थिक वर्षमा करीब १५ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । भौतिक पूर्वाधार तथा कर्मचारी अभावजस्ता समस्याका कारण लक्ष्यभन्दा केही कम राजश्व सङ्कलन भएको महेशपुर भन्सार कार्यालयले जनाएको छ ।

सो आर्थिक वर्षमा करीब १५ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएपनि लक्ष्यको तुलनामा १३ दशमलव ५८ प्रतिशतले कम हो ।

भौतिक पूर्वाधार तथा कर्मचारी अभाव र अन्य समस्याका कारण लक्ष्यभन्दा कम राजश्व सङ्कलन भएको महेशपुर भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button