तपाईँ सुन्दै हुनुहुन्छः

श्री एयरलाइन्सलाई अन्तरराष्ट्रिय उडानका लागि अनुमति

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय उडानका लागि अनुमति (लाइसेन्स) पाएको छ ।

आन्तरिक उडानमा रहेको सो एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अन्तराष्ट्रिय गन्तब्यका लागि नियमित उडान अनुमति पाएको हो ।

योसँगै अन्तरराष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा प्रदायक कम्पनीको संख्य चार पुगेको छ । अहिले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तरराष्ट्रिय उडान भरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button