तपाईँ सुन्दै हुनुहुन्छः

मस्कोमा विमान आकस्मिक अवतरण, एक सय भन्दा बढी यात्रु सकुशल

३० साउन । मस्कोको एक विमानस्थलमा बिहीबार एक विमान आकस्मिक अवतरणको क्रममा सबै यात्रु सकुशल रहेका छन् ।

समस्या आएपछि आकस्मिक अवतरण गर्नु परेको यस विमानमा रहेका एक पनि यात्रु घाइते नभएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

 

एक सय भन्दा बढी यात्रु सवार रहेका यस विमानलाइ मस्को क्षेत्रको झुकोभस्काइ विमानस्थलमा आकस्मिक अवतरण गरिएको र सवै यात्रुलाई उद्धार गरिएको जनाइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । (रासस ÷सिन्ह्वा)

प्रतिक्रिया राख्नुहोस्

Back to top button