तपाईँ सुन्दै हुनुहुन्छः

फेरी ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् यस्तो छ आजको भाउ

काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको मुल्य बडेर फेरी नयाँ रेकर्ड कायम गरेको छ । हिजो प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज १२ सय रुपैयाँले बढेर प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

 

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button