तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा पाकिस्तानको स्वतन्त्रता दिवस मनाईंयो

काठमाडौं । पाकिस्तानको स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासले आज विभिन्न कार्यक्रम गरेको छ ।पाकिस्तानी दूतावासमा भएको कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत डाक्टर मजहर जावेदले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका थिए ।कार्यक्रममा पाकिस्तानका राष्ट्रपति डा अरिफ आलभी र प्रधानमन्त्री इमरान खानको सन्देश पढेर सुनाइएको थियो ।

 

सन्देशमा प्रधानमन्त्री खानले जम्मु–कश्मिर समस्या राजनीतिक र कुटनीतिक आधारमा सामाधान हुनु पर्ने धारणा राखेका छन् ।कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत जावेदले जम्मु कश्मीरमा दिगो शान्तिको कामना गर्दै आपसी सद्भावको खाँचो औंल्याए ।उनले कश्मीर समस्या र काश्मीरका नागरिकले भोग्नु परको समस्याको बारेमा धारणा राखेका थिए ।राजदूत जावेदले १९६० मा स्थापित भएको नेपाल –पाकिस्तानको कुटनीतिक सम्बन्ध सुमधुर रहेको बताए ।नेपालमा रहेका पाकिस्तानी जनताको सहभागिता रहेको कार्यक्रममा जम्मु कश्मीर पाकिस्तानको मुटु भएको र जम्मु कश्मीरको अवस्था झल्काउने व्यानर र पम्पेलेट प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button