तपाईँ सुन्दै हुनुहुन्छः

सुनको भाउ घट्यो,यस्तो छ आजको मूल्य

काठमाडौं । बुधबार सुनको मूल्य केही घटेको छ । मंगलबार उच्च विन्दुमा पुगेको सुनको मूल्य आज ७ सय रुपैंयाले घटेर ७० हजार ३ सय रुपैंयामा कारोबार भैरहेको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला ७१ हजार पुगेको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय २० रुपैंयामा कारोबार भैरहेको छ । मंगलबार चाँदी ८ सय ३५ रुपैंया प्रतितोलामा कारोबार भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button