तपाईँ सुन्दै हुनुहुन्छः

फिफाद्वारा म्यान्चेस्टर सिटीलाई जरिवाना

काठमाडौं । इङ्गलिस फुटबल क्लब म्यान्चेस्टर सिटीलाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जरिवाना गरेको छ ।

युवा खेलाडी अनुबन्ध गर्दा फिफाको नियम मिचेको भन्दै फिफाले सिटीलाई ३ लाख ७० हजार स्विस फ्रान्क जरिवाना तोकेको हो ।

युवा खेलाडी अनुबन्धको नियम उलंघन गरेपनि प्रिमियर लिग विजेता सिटी प्रतिबन्धबाट भने जोगिएको छ ।

यसअघि यस्तै कसुरमा अर्को इंग्लीश क्लब चेल्सीलाई भने दुई ट्रान्सफर विन्डोमा खेलाडी किन्न प्रतिबन्ध लगाईएको थियो ।

म्यान सिटीले युवा खेलाडी किन्दा फिफाको नियम भुलवश मिचिएको स्विकार गरेपछि उसलाई दिने सजाय घटाईएको हो ।

सिटीले १८ वर्ष मुनिको खेलाडी अनुबन्धको नियम उलंघन गरेको फिफाले जनाएको छ ।

अन्तराष्ट्रिय ट्रान्सफरमा १८ वर्ष माथिका खेलाडीले मात्र अनुमति पाउने फिफाको नियम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button