तपाईँ सुन्दै हुनुहुन्छः

बिद्युत योजना अलपत्र

छायाँनाथरारा नगरपालिका वडा नं १४ दर्खेमा १३ बर्ष अघि स्थापना भई निर्माणकार्य थालनी गरिएको दर्खेखोला लघु जलबिद्युत आयोजनाको निर्माण कार्य पुरा नभई हाल अलपत्र परेको छ ।

२०६३ सााल बाट निर्माण कार्य थालनी गरिएको उक्त बिदुत योजना बैकल्पिक उर्जाले बिचमै निर्माणको काम छोडेपछि बिद्युत योजना अलपत्र परेको छायाँनाथरारा नगरपालिका वडा नं १४ का अध्यक्ष नन्दलाल बढुवालले जानकारी दिनु भयो । बाम, फोईपाटा, दर्खेलवाडा, थुमवाडा र खोत्काका ३ सय घरधुरीलाई लक्षित गरि उक्त योजनाको निर्माण कार्य शुरु गरिएको थियो ।

जिल्ला बैकल्पिक उर्जाको ५२ लाख र स्थानिय बासिन्दाको ४० लाख रुपयाँ योगदान गरि जम्मा ९२ लाख रुपयाँ उक्त बिद्युत योजनाको लागत रहेको वडा अध्यक्ष बढुवाल बताए । पावर हाउस निर्माण, गाउँमा बिद्युत लायन बिस्तार लगायतका काम पुरा भैसकेर मेसिन जडान गर्ने काम मात्र बाँकी रहेको थियो ।

तत्कालिन समयमा जिल्ला बैकल्पिक उर्जाले प्राबिधिक नखटाउँदा बत्ती बल्न नसकी बिद्युत योजना अलपत्र परेको हो । ५ वटै गाउँमा बिस्तार गरिएका पोलहरु हाल ढलेका र तारहरु लथालिङ्ग अवस्थामा रहेको बताईएको छ ।आवश्यक मात्रामा बिद्युतिय सामान खरिद, पावर हाउस निर्माणका साथै गाउँमा बिद्युत लायन बिस्तारका लागि समुदायको र बैकल्पिक उर्जाको गरि ७५ लाख रुपयाँ खर्च भैसकेको वडा अध्यक्ष बढुवालले बताउनु भयो ।
योजना निर्माणमा खटिएका स्थानिय कामदारहरुले कामगरेको ज्याला समेत नपाएको गुनासा समेत उहाँले गर्नु भयो ।

हाल पावर हाउसमा बिजुली बत्तीको तार, पोल, लगायतका बिद्युतिय सामाग्री अलपत्र अवस्थामा रहेको बताईएको छ । बिजुली बत्ती नहुँदा दुर्गम् बस्ती बाम, फोईपाटा दर्खेलवाडाका,थुम्वाडा लगायत खोत्काका ३ सय २० घरधुरीका मानिसहरुको बिजुली बत्ती बाल्ने धोको अधुरै रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button