तपाईँ सुन्दै हुनुहुन्छः

३० जना खेलाडी दोस्रो चरणमा छनोट

अजय बम । अखिल नेपाल फुटबल संघ एन्फाले साफ यू–१८ च्याम्पियनसिपका लागि ३० जना खेलाडी दोस्रो चरणमा छनोट गरेको छ ।

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले पहिलो चरणमा प्रशिक्षणका लागि बोलाइएका ४६ जना खेलाडीबाट १६ जना हटाउँदै दोस्रो चरणको लिस्ट सार्वजनिक गरेका हुन् ।

पहिलो चरणबाट बाहिरिएका खेलाडीहरु राम्रा भए पनि अझै सुधार गर्नुपर्ने प्रशिक्षक श्रेष्ठले बताउनु भयो । टिम भित्र रहेका मध्ये १२ खेलाडीसँग ए डिभिजन लिगको अनुभव छ भने उनीहरुले आफूलाई अझै सुधार गर्न सक्ने विश्वास व्यक्त गरे ।

घरेलु मैदानमा हुने च्याम्पियनसिपमा नेपाल, माल्दिभ्स, पाकिस्तान र भुटान समूह एमा छन् । भारत, श्रीलंका र बंगलादेश समूह बीमा रहेका छन् । प्रशिक्षक श्रेष्ठले आफ्नो लक्ष्य फाइनल पुग्ने र उपाधि जित्ने रहेको बताए ।

उनले सेप्टेप्बर पहिलो साता २३ जनाको अन्तिम नामावली सार्वजनिक गरिने जानकारी दिनुभयो । च्याम्पियनसिप सेप्टेम्बर २० देखि २९ तारिखसम्म हलचोकस्थित एपीएफ मैदानमा हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button