तपाईँ सुन्दै हुनुहुन्छः

त्रिविमा उपप्राध्यापकको परीक्षा स्थगित, ६७२ उपप्राध्यापक भर्ना अनिश्चित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गर्न लागेको उप प्राध्यापक पदको परीक्षा स्थगित भएको छ। परीक्षाका लागि आवश्यक तयारी नपुगेको जनाउँदै त्रिबि सेवा आयोगले परीक्षा स्थगित गरेको हो ।

त्रिबिको उपप्राध्यापकको परीक्षा यसअघि पनि स्थगित भएको थियो। विभिन्न विषयका ६ सय ७२ उपप्राध्यापक नियुक्तिका लागि परीक्षा हुन लागेको थियो। आगामी भदौ ४ गतेदेखि असोज १ गतेसम्मका लागि लिखित परीक्षा तोकिएको छ। लामो समयसम्म पदाधिकारी रिक्त हुँदा उक्त परीक्षा अन्योलमा थियो। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले गत साता मात्र अध्यक्ष र सदस्य नियुक्त गर्नुभएको थियो । पदाधिकारी नियुक्त भएपनि परीक्षा स्थगित भएको हो ।

ढिलो पदाधिकारी नियुक्त गर्दा परीक्षाको तयारी प्रभावित भएको आयोगको भनाई छ । परीक्षाको अर्को मिति पछि तोकिने त्रिविले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button