तपाईँ सुन्दै हुनुहुन्छः

​अन्ततः अमेरिकाले दियो सन्दीपलाई भिसा

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले भिसा दिन अस्वीकार गरेको केही समयपछि नै फेरी बोलाएको छ ।मंलबार बिहान भिसाका लागि दुतावास पुगेका लामिछानेलाई दुतावासले भिसाा दिन अस्वीकार गरेको थियो । भिसा दिन अस्वीकार गरेको दूतावासले फेरि बोलाएको हो । यसले आफू आश्चर्य परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सर गर्दै ट्वीट गरेका थिए ।लगत्तै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको छ ।सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए ।दूतावासले लामिछानेलाई बिहान साढे ११ बजेतिर भिसा सम्बन्धी निर्णय ‘रिभ्यू’ गर्नका लागि भन्दै पुनः बोलाएको थियो । ‘रिभ्यू’ पछि दूतावासले उनलाई भिसा दिएको हो ।

लामिछाने अमेरिकामा हुने क्रिकेट प्रतिस्पर्धामा सहभागी हुनका लागि अमेरिका जाने तयारीमा छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button