तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट आयात गरिएको सेतो आलुमा ४७ प्रतिशत विषादी

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा भारतबाट आयात गरिएको सेतो आलुमा ४७ प्रतिशत विषादी मिसावट भएको भेटिएको छ । भारतबाट बिक्रीका लागि ल्याइएको सेतो आलुमा बिषादीको रोकावट दर ४७ प्रतिशतसम्म भेटिएको बाली संरक्षण प्रयोगशाला कास्कीका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले बताए ।

केही समयअघि विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कार्यालय पोखराले आलुमा कार्वोमेट परीक्षण गर्दा मानव स्वास्थ्यका लागि उक्त आलु खान अयोग्य भएको पुष्टि गरेसँगै कृषि उपज बजार व्यवस्थापन समितिले उक्त आलुलाई नष्ट गरेको थियो ।

पोखराका ४ जना व्यवसायीले भारतबाट ल्याएको सेतो आलुमा अत्याधिक विषादी भेटिएकाले समितिले उक्त आलु मानव स्वास्थ्यलाई हानिकारक हुने भन्दै नष्ट गरेको कृषि उपज बजारकी निमित्त बजार व्यवस्थापक रुपा दाहालले बताईन् । उनका अनुसार पोखरामा विगत तीन महिनादेखि फलफूल तथा तरकारीमा विषादीको मात्र परीक्षण गरिँदै आएको छ । प्रायःजसो आलु, प्याज भारतबाट आउने गरेको भन्दै उनले अन्य फलफूल र तरकारी सिजनअनुसार र पोखराको मागअनुसार भारतबाटै धेरै आउने बताइन् ।

पोखरामा आउने अन्य फलफूल र तरकारीमा भने केही न केही बिषादीको मात्रा भए पनि खान अयोग्य प्रमाणित भएको भने आलु मात्र भएको नले जानकारी दिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button