तपाईँ सुन्दै हुनुहुन्छः

निर्माणाधिन होटलमा गार्डको शव फेला

भद्रपुर । झापाको बिर्तामोड–४ मा निर्माणाधिन द्वारिका होटलमा मंगलबार विहान शव फेला परेको छ । शव बिर्तामोड–७ का ४७ वर्षीय शशि शिवाकोटीको रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरिक्षक मोहन थापाले जानकारी दिनुभयो । शिवाकोटी सोही होटलमा गार्ड थिए । उनको शव विहान ७ बजे फेला परेको प्रहरीले जनाएको छ ।

निर्माणाधिन होटलको पूर्वतर्फ रहेको एक तले घरको बरण्डामा शरीरभरि चोटैचोट रहेको अवस्थामा शिवाकोटीको शव भेटिएको प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो । शिवाकोटीको दाहिने गालाको भागमा डेढ इञ्ज गहिरो चोट छ भने आँखामा रगतको टाटैटाटा बसेको छ । शरीरका अन्य भागमा पनि चोटैचोट रहेको छ ।

अविवाहित शिवाकोटी ३ दिनदेखि मात्र गार्डको रुपमा होटलमा कार्यरत थिए् । उनी कनकाई सेक्यूरिटी सर्भिसबाट त्यहाँ काम गर्न गएको बुझिएको छ । शवको पोष्टमार्टका लागि घोपा क्याम्प धरान लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button