तपाईँ सुन्दै हुनुहुन्छः

घट्यो अमेरिकी डलरको मूल्य, कुन देशको कति छ ? (सूचीसहित)

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो दिन आज मंगलबार अमेरिकी डलरसहित केही देशको भाउ थोरै घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रदर ११३ रुपैयाँ १५९ पैसा रहेको छ ।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रिदर १३७ रुपैयाँ ४४ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९२ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २८ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button