प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रहेको समाचार झुटो हो : प्रचण्ड परिवार
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दुबई भ्रमण र प्रकाश दाहालको नाम जोडेर विभिन्न मिडियामा आएका समाचारको प्रचण्डको निजी सचिवालयले खण्डन गरेको छ ।प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले मंगलबार विज्ञप्ति जारी गर्दै हालै प्रचण्डको दुबई भ्रमण र प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रहेको भन्ने समाचारप्रति खेद प्रकट गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्