तपाईँ सुन्दै हुनुहुन्छः

‘खाद्यान्नमा विषादीको समस्या छिट्टै अन्त्य हुन्छ’

काठमाडौं । कृषि तथा पशुपन्क्षी विकास मन्त्री चक्रपाणी खनालले छिट्टै विषादी चेकजाँच कानुन ल्याउन लागेकाले तरकारी तथा खाद्यान्नमा विषादीको समस्या अन्त्य हुने बताउनुभएको छ ।

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालद्वारा आयोजना गरिएको एशियन कृषि सम्मेलन तथा प्रदशनीको उद्घाटन गर्नुहुँदै मन्त्री खनालले कृषि क्षेत्रको विकासका लागि अर्गानिक र आधुनिक परियोजनाहरु ल्याइएको भन्दै अबको १० बर्षमा नेपालको कृषिले फड्को मार्ने दावी गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पूर्व सिचाईमन्त्री एनपी साउद लगायतले सिंचाई, उन्नत जातको विउ विजन, रासायनिक मल, दक्ष जनशक्तिको परिचालनबाट कृषिमा क्रान्ति ल्याउन सकिने भएकोले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button