तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल युवा उद्यमशीलता सम्मेलन २०१९ शुरु

काठमाडौं । नेपाली युवाहरुलाई उद्यमशील बनाइ नेपालमा रोजगारीको प्रर्वद्धन मार्फत आर्थिक विकासमा सहयोग गर्ने उद्देश्यले आइतवारदेखि काठमाडौमा नेपाल युवा उद्यमशीलता सम्मेलन २०१९ शुरु भएको छ ।

देशभरका करिव ३ सयको संख्यामा युवाहरुको सहभागिता रहेको सम्मेलनमा दुई दिनसम्म उद्याशिलताको सन्र्दभमा विभिन्न विज्ञ व्यक्तिहरुले कार्यपत्र प्रस्ततु गरी छलफल गरेर निष्कर्षमा पुग्ने कार्यक्रम रहेको छ ।

कार्यक्रमको उदघाटन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली युवाहरुलाई उद्यमशील बनाउन सरकारले विभिन्न कार्यक्रमहरु ल्याएको बताउनु भयो ।

उहाँले युवाहरु मुलुकका चालक शक्ति भएकोले युवालाई सक्षम र प्रतिस्पर्धी बनाउन व्यवसायिक शिक्षाका विाभन्न कार्यक्रमहरुका साथै उद्यमशीलताको विकासका लागि पनि सरकारले ध्यान दिएको बताउनु भयो ।

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले चालू बजेटले युवाहरुको उद्यमशीलताको विकासका लागि विभिन्न कार्यक्रमहरु अघि सारेको र बैकहरु मार्फत सहुलियतामा व्याजको व्यवस्था गरेको उल्लेख गर्नु भयो ।

अर्थमन्त्री खतिवडाले बैक तथा वितिय संस्थाहरुले १ प्रतिशत सहुलियत कर्जा प्रवाह गरेको खण्डमा मात्र ५ लाखका दरले ६० हजार युवाहरुले ऋण पाएर उद्यमशील बन्न सक्ने बताउनु भयो ।

कार्यक्रममा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले उद्यमशीलताको विकासका लागि सरकारले प्रतिभाहरुको पहिचान गरी लगानीयोग्य पूजीको व्यवस्था गर्न सरकारले हस्तक्षेप नै गर्नु परे पनि गर्नु आवश्यक भएकोमा जोड दिनु भयो ।

पूर्व उद्योग मन्त्री महेश बस्नेतले नेपालमा उद्यमी बन्ने संस्कारको विकास गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा उद्योग सचिव यमकुमारी खतिवडाले मुलुकमा उद्यम सथापनाका लागि आवश्यक विभिन्न कानुनहरु सरकारले ल्याएको र त्यसका लागि एकल विन्दु सेवा केन्द समेत स्थापना गरेको उल्लेख गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button