तपाईँ सुन्दै हुनुहुन्छः

शारीरिक सुगठनमा पदक जित्ने खेलाडी सम्मानित

अजय बम । भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत शारीरिक सुगठनमा पदक जित्ने खेलाडीहरुलाई सम्मान गरिएको छ ।

नेपाल शारीरिक सुगठन संघले काठमाडौंका सोमबार विशेष कार्यक्रमकाबीच १६ जना खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो ।

१२ औं सागमा स्वर्णपदक जित्ने खेलाडीहरुलाई नगद ५० हजार प्रदान गरिएको छ भने रजत पदक जित्नेलाई ३० हजार र कास्य पदक जित्नेलाई २० हजार प्रदान गरियो ।

नेपाल शारिरीक सुगठन संधका अध्यक्ष राजेशबाबु श्रेष्ठले खेलाडीलाई नगद प्राप्त गर्दा भन्दापनि देशको नाम राख्न सफल भएकोमा खुसी हुन आग्रह गर्नुभयो ।

सोही अबसरमा थाइल्यान्डमा हुने एसिया प्यासेफिक च्याम्पियनसिपमा सहभागी हुन जाने चार जनालाई विदाई गरिएको छ ।

प्रतियोगितामा समिर श्रेष्ठले ६५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दा मालिका शाक्यले वुमेन फिजिक्स र राजु राईले मेन्स फिटनेस फिजिकमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिता साउन ३१ देखि भदौ १ गतेसम्म हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button