तपाईँ सुन्दै हुनुहुन्छः

चौथो संस्करणको ईपीएल फागुनमा हुने

अजय बम । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) आगमी फागुनमा हुने भएको छ ।

सोमबार आयोजक ईपीएलले एक प्रेस विज्ञप्ती जारी गर्दै चौथो संस्करणको ईपीएल आगमी फेबुअरी २९ देखि मार्च १४ सम्म हुने जानकारी दिएको छ । नेपाली मितिअनुसार प्रतियोगिता फागुन १७ देखि चैत्र १ गते सम्म हुने छ ।

जसक्रममा ३ वटा खेल शनिबार पारिएको छ । आयोजकले गत वर्ष मंसिर–पुसमा प्रतियोगिता आयोजना गरेको थियो । गत वर्षको उपाधि ललितपुर प्याट्रियट्सले भैरहवा ग्याडियटर्सलाई १४ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतियोगितामा ललितपुर प्याट्रियट्र्स, काठमाडौं किंग्स इलाभेन, भैरहवा ग्याडियटर्स, चितवन टाइगर्स, विराटनगर वारियर्स र पोखरा राइनोज गरी ६ शहरका ६ फेन्चाइज टोली रहेका छन् ।

आयोजकले सहभागी टोलीलाई कम्तीमा एक खेलाडी टेस्ट राष्ट्रबाट हुनैपर्ने नियम राखेको छ । विश्व क्रिकेटका ठूला नाम रहेका ति खेलाडी ‘आइकोनिक खेलाडी’ को रुपमा रहनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button